banner

अन्तरविद्यालय पुस्तक समीक्षा प्रतियोगिता

By- Gokarneshwor Light Academy
Date: 2026-09-01 05:04:50
विद्यालयलाई एकै दिन दोहोरो सफलता!
आज भदौ १५ गते, १९औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा आयोजित दुई फरक अन्तरविद्यालयस्तरीय कार्यक्रमबाट हाम्रो विद्यालयले उल्लेखनीय सफलता हासिल गर्न सफल भएको छ। 
राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल -निसानद्वारा आयोजित प्रथम पुस्तक विमर्श कार्यक्रममा कक्षा १० की छात्रा मेधावी पाण्डेले प्रथम स्थान हासिल गर्न सफल भएकी छन्। 
त्यसैगरी, जुगल नवगुरुकुल स्कुलद्वारा आयोजित आठौँ अन्तरविद्यालय पुस्तक समीक्षा प्रतियोगितामा कक्षा १० की छात्रा निकिशा थापाले पनि प्रथम स्थान हासिल गर्न सफल भएकी छन्। 
दुवै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयको गौरव बढाउन सफल मेधावी पाण्डे र निकिशा थापालाई हार्दिक बधाई तथा आगामी दिनमा अझै उत्कृष्ट सफलता हासिल गर्न हार्दिक शुभकामना! 
साथै, विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन, प्रोत्साहन र मार्गदर्शनमा निरन्तर सहयोग गर्नुहुने सम्पूर्ण शिक्षक–शिक्षिका, आयोजक संस्था तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ। 
पढौँ, सोचौँ, बोलौँ र सिर्जनशील बनौँ।
 पुस्तकसँगको मित्रता, सफलताको यात्रा!